दफा ६४
खानेपानी प्रशोधन विधि
खानेपानीको : गुणस्तर कायम राख्न आवश्यकता अनुसार देहाय बमोजिम एक वा एक भन्दा बढी प्रविधि अवलम्बन गरी प्रशोधन गर्न सकिनेछ:-

(क) थिग्य्राउने तथा छान्ने प्रविधि (सेडिमेन्टेशन एण्ड फिल्ट्रेशन टेक्नोलोजीज्‌),

(ख) सोस्ने विधि: (एब्जोर्सन),

(ग) आयोन अलग गर्ने विधि (डिआयोनाइजेशन),

(घ) इलेक्ट्रोड आयनीकरण (इलेक्ट्रोड आयोनाइजेशन),

(ङ) विपरीत परासरण विधि (रिभर्स असमोसिस),

(च) पराबैजनी अक्सिकरण विधि (अल्ट्राभायोलेट अक्सिडेशन),

(छ) क्लोरिनेशन विधि,

(ज) अन्य उपयुक्त विधि।